३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, माघ २० / देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २९६ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७७८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिडबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको छ ।
Facebook Comments Box