यी रक्तसमूह लामखुट्टेका लागि चुम्बक झैँ —

२८ फाल्गुन / गर्मी महिना सुरु हुँदैछ । यो मौसममा लामखुट्टेको टोकाइले हामी सबैलाई सताउँछ । तर कतिपय मानिसलाई भने लामखुट्टेले अलिक बढी नै टोक्ने गर्दछ । यस्तो किन हुन्छ त ?


यस्ता मानिसलाई लामखुट्टे बढी टोक्छ :
ननुहाउने
लामखुट्टेलाई मानिसको शरीरको पसिना र ल्याक्टिक एसिड निकै मनपर्छ । त्यसैले जब पसिना आउने कुनै काम गरेर फर्कनुहुन्छ तब सकेसम्म छिटो नुहाउनुहोस् ।
रक्त समूह
विभिन्न अनुसन्धान अनुसार ‘ओ’ रक्त समूह भएका मानिसले लामखुट्टलाई सामान्य मानिसको तुलनामा बढी आकर्षित गर्दछ । यस्तै दोस्रो नम्बरमा ‘ए’ रक्त समूह भएका मानिस पनि पर्दछ । यी दुवै रक्त समूह लामखुट्टेका लागि चुम्बक झैँ काम गर्छ ।
बियर
एक अध्ययन अनुसार लामखुट्टेलाई बियर पिउनेहरूको रगत निकै मनपर्छ । त्यसैले कि त बियर पिउनबाट जोगिनुहोस् कि लामखुट्टेको टोकाइबाट बच्नुहोस् ।
छालाका ब्याक्टेरिया
छालामा भएका ब्याक्टेरियाले लामखुट्टेलाई आमन्त्रण गर्छ । हालैको एक अनुसन्धान अनुसार लामखुट्टेलाई केही विशेष प्रकारको ब्याक्टेरिया भएको मानिस बढी मनपर्छ । जो व्यक्तिको छालामा विभिन्न प्रकारका ब्याक्टेरिया पाइन्छ, उनीहरुमा लामखुट्टेको हमला बढी हुन्छ ।
मेटाबोलिक दर उच्च
मेटाबोलिक दर शरीरद्वारा उत्सर्जन भएको कार्बनडाइअक्साइडले निर्धारण गर्छ । कार्बन डाइअक्साइडको गन्ध लामखुट्टेलाई तीब्र रुपमा आकर्षित गर्छ। पोथी लामखुट्टेले आफ्नो इन्द्रियमार्फत् कार्बन डाइअक्साइडको गन्ध पहिचान गर्न सक्छ । गर्भवती महिला सामान्य मानिसको तुलनामा २० प्रतिशत बढी कार्बन डाइअक्साइड रिलिज गर्ने भएकाले उनीहरुलाई लामखुट्टेले बढी नै टोक्छ ।