प्रदेश प्रमुख माननीय परशुराम खापुङले कुनैबेला आफू पनि शिक्षक पेशामा रहेको कुरा सम्झनुभएको छ । मोरङको उर्लाबारी–२, मंगलबारेस्थीत सुनपकुवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ६६ औं वार्षिकोत्सवलाई हिजो उद्घाटन गर्ने क्रममा  प्रदेशप्रमुख खापुङले यसो भन्नुभएको हो ।                                       

शिक्षालाई विशेष जोड दिए स्वतः विकास हुने कुरा प्रदेश प्रमुखको भनाई थियो । सबैले एकैखालको शिक्षा पाउनुपर्नेमा जोड पनि दिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित प्रदेश सांसद उमाकान्त गौतम, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौड्यालले पनि मन्तव्य राख्नुभएको थियो ।                                                       

कार्यक्रममा स्कुललाई उच्च माविसम्म बनाउन सहयोग पु¥याउनेलाई सम्मान तथा विद्यालयको स्मारिका पनि प्रदेश प्रमुखबाट भएको थियो ।

Facebook Comments Box