प्रदेश प्रमुख खापुङद्वारा हाजी आँखा अस्पतालको उद्घाटन

प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले शरीरका अङ्गमध्ये आँखा सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभएको छ । विराटनगर उपमहानगर १४, रानीस्थीत हाजी आँखा अस्पतालको समुद्घाटन गर्दै प्रदेश प्रमुखले सो कुरा बताउनु भएको हो ।


यस्ता अस्पताल स्थापनाले मुलुकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान हुने प्रदेश प्रमुखको भनाई थियो । हाजी आँखा अस्पतालले नेपाल तथा भारतको विहार प्रान्तका धेरै सेवाग्राहीहरु लाभाविन्त बन्ने कुराले आफू हर्षित भएको प्रदेश प्रमुखले बताउनुभयो ।
विशेष अतिथि रहनुभएका प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले विराटनगरमा खोलिएका यस्ता अस्पतालको सेवाग्राही भारतमा पनि धेरै भएका तर नोट सटहीको उचित व्यवस्थापन नहुँदा समस्या पर्ने भएकाले यस्ता समस्यालाई सुल्झाउनमा पहल गरिनुपर्ने बताउनु भयो ।
नवनिर्वाचित प्रदेश गयानन्द मण्डलले हाजीको धेरै गहिरो अर्थ रहेको र यसै नामबाट आँखा अस्पताल खोलिएकोले आफ्नो कर्तव्यमा सदैव तैनाथ रहनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सञ्चालक तेजलाल कर्ण, महेश रेग्मी, भीमप्रसाद घिमिरे तथा हाजी कादिर अन्सारीले पनि मन्तव्य राख्नुभएको थियो ।