जय हुमागाई स्मृति गोल्ड कपको उपाधि बिवाईएससीलाई

दमक/ दमक -३ स्थित बेलडाँगी खेल मैदानमा सञ्चालित प्रथम आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि बिवाईएससी मिन्नेसोटा अमेरिकाले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा सलहेश युवा क्लव सिराहालाई १–० गोल पछि पार्दै बिवाईसीले प्रतियोगिताको उपाधि हात पारेको हो । बिवाईसीले उपाधि संगै नगद रु ५ लाख ,ट्रफि प्राप्त गरेको छ भने उपविजेता सहलेश युवा क्लवले नगद रु ३ लाख सहितट्रफि तथा प्रमाणपत्र पाएको छ ।
खेल शुरु भएको ३४औं मिनेटमा बिवाईसीका जर्सी नं ४का मेजुयल पेलपोक्सले गरेको गोल नै खेलको निर्णय गोल भयो । खेलमा सलहेशका टिम क्याप्टेन जर्सी न.३ का सुशिल यादवले रातो कार्ड पाएका थिए ।
खेलको म्यानअफ दी म्याच बिवाईसीका मेजुयल ,उत्कृष्ट गोल किपर पुजन थापा मगर घोषित भए । प्रतियोगिताका विजेता,उपविजेता टिमका खेलाडीहरुलाई झापा क्षेत्र न. ५ (२) का नवनिर्वाचित प्रदेश सदस्य होमबहादुर थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
नेकपा एमाले प्रदेश सचिवालय सदस्य समेत रहेका सांसद थापाले खेलकुद बिकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । बेलडाँगीमा रहेको खेल मैदानको स्तरन्नतिका लागि आफूले पनि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
गत पुस ६ गतेदेखि शुरु भएको प्रतियोगितामा स्वदेश तथा विदेशका विभिन्न ८ टिमको सहभागिता रहेको थियो ।

