दमक उवासंघको १८औ पदहस्तान्तरण, गुरागाईले सम्हाले नेतृत्व

दमक / दमक उद्योग बाणिज्य संघको १८औ पदहस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको प्रमुख अतिथ्यतामा आयोजित एक कार्यक्रमकाबीच नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र प्रदान गर्नुका साथै सपथग्रहण समेत गराईएको थियो ।
गठित निर्वाचन समितिका संयोजक लिला गुरागाईले संघका नवनिर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल)लाई सपथ खुवाएका छन् भने नवनिर्वाचित अध्यक्ष्य गुरागाईले संघका निर्वाचित पदाधिकारी सदस्य तथा लेखा समिति संयोजक र सदस्यहरुलाई सपथ खुवाएका थिए । संघका अध्यक्ष गोकुल श्रेष्ठले तत्कालिन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रंशसापत्र प्रदान गरेका छन् ।
गत माघ ६ गते सम्पन्न संघको निर्वाचनमा लोकतान्त्रिक समूहका गुरागाईको प्यानलनै विजयी भएको थियो ।
सो अवसरमा प्रदेश सभा सदस्य होम बहादुर थापा, दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईको बिशिष्ट आतिथ्यता रहेको थियो भने निवर्तमान अध्यक्ष श्रेष्ठले बाणिज्य संघमा आफ्नो यात्रा र साथ निरन्तर रहने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरु प्रकाश प्रसाई, राजेन्द्र ढकाल, घनेन्द्र सुब्बा लगायत दमकका विभिन्न वडाका वडाअध्यक्षहरु, सामाजिक तथा राजनीतिक दलका प्रतिनिधिहरु ,उद्योगी व्यवसायका प्रमुख तथा प्रतिनिधि हरु लगायतको आतिथ्य रहेको थियो ।

