चुलाचुली अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

चुलाचुली / इलामको चुलाचुली गाउँपालीकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहज गराउन सन्चालन गरिरहेको अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । गाउँपालीका परिसरमै सञ्चालन भैरहेको अस्पतालमा एक कार्यक्रम गरी स्वास्थ्य बिमा कार्यक्रमको औपचारीक सुरुवात गरिएको हो ।
कार्यक्रममा गाउँपालीका अध्यक्ष राजेन्द्र केरुङले गाउँपालीकाबासीलाई आधारभुत स्वास्थ्य उपचार पालीका भित्रै उपलब्ध गराउने र जटिल प्रकारका विराम लागे अन्य सुबिधासम्पन्न अस्पतालमा रेफर गरेर जानु पर्ने भए त्यो सुबिधा समेत उपलब्ध गराउने गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको बताए । पालीकाबासी बिमाको रेफर लिनका लागी समेत दमक सम्म धाउनु पर्दा समय र रकम खर्च हुने र दमक अस्पतालको भिडले समेत हैरान ब्यहोर्नु परिरहेका बेला गाउँमै सुबिधा आएपछि सहज भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालय ईलामका प्रमुख आदित्य शाक्यले गाउँपालीकामा रहेको अस्पताललाई रेफर सेन्टर मात्रै नबनाएर जटिल प्रकारका रोगको उपचार समेत गर्न सक्ने बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा गाउँपालीकाका प्रमुख प्रशासकिय अधिक्रित डिल्लीराम सुवेदी, वडा नम्बर ५ का वडा अध्यक्ष बबिन राई, पुर्व वडा अध्यक्ष कालिदास भट्टराई, राजनीतिक व्यक्तित्वहरु कान्छा लाओती, धर्म ढुंगाना लगायतले बोलेका थिए ।
गाउँपालीका कार्यालय रहेको भवनबाटै पाँच बेडको अस्पताल सञ्चालन भैरहेको गाउँपालीकाका स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दाहालले जानकारी दिए । अस्पतालमा अहिले दैनिक पचास जना जति सेवाग्राहीहरुलाई सेवा दिँदै आएको अस्पतालका मेडिकल अधिक्रित डाक्टर अर्पण कटुवालले बताए ।

