झापा / कोशी प्रदेश नामको समर्थक बनेका प्रदेश सभा सदस्य निरन राईलाई शनिबार झापाको बिर्तामोडमा ‘वंश गद्दार’ घोषणा गरेको छ ।
गत १७ फागुनमा झापाका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारको योजनामा इलामका रामबहादुर मगर (राना) प्रस्तावक राखेर प्रदेश १ को नाम कोशी प्रस्ताव भएको थियो । सो प्रस्तावको समर्थक धनकुटाका प्रदेश सांसद निरन राई र भूमीप्रसाद राजवंशी रहेका थिए ।
कोशी नाम प्रदेश सभाबाट पारित भएसँगै सो नाम खारेज गरी पहिचानको आधारमा पुनानमाङ्कन मागको आन्दोलन चलिरहेको छ । राई समुदायको कुलमा जन्मिएर कोशी नामको समर्थक बसेकामा स्वयम राई समुदाय आक्रोशित रहेको छ ।
किरात राई यायोक्खा झापाले सुक्रबार निरन राईको तस्वीरमा जुत्ता राख्नुको साथै २ मिनेट थुकेका थिए । थुक्दै लात हान्दै वंश गद्दार घोषणा गरेको हो । कोशी नाम राखिएसँगै प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सांसदहरुलाई कालो मोसो दल्ने, सरकारी कार्यालयहरुमा कालो झण्डा राख्ने, कोशी प्रदेशको बोर्ड सरकारी कार्यालयमा राख्न नदिने राखिएमा जलाइदिने लगायतको कार्यक्रम घोषणा भएको छ ।
कोशी नाम राखिएसँगै सडक जाम, मशाल जुलुस, आम हड्ताल लगायतको कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments Box