दमक/ नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वआर्थिक मामिला मन्त्री ईन्द्र बहादुरआङबो (मौषम) को कमलको केर्खास्थित घरमा कालो झण्डा गाडेको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
कमल गाउँपालिका वडा न. ३ का बिरेन्द्र लिम्बू र बसन्त योङहाङलाई दमक प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । कोशी प्रदेश नामकरणको विरुद्ध पहिचानवादी दलसहित जातिय संस्थाहरु प्रदेश नामकरण शंसोधन गर्न माग राख्दै आन्दोलित छ । दुई दिन अघि मात्र आङ्बोलाई लक्षित गरि ताप्लेजुंङमा आन्दोलनकारीहरुले आक्रमणको प्रयास गरेका थिए ।
आन्दोलनलाई दबाउनको लागी गरिएको प्रहरी दमनको जनता समाजवादी पार्टी झापाले भत्र्सना गरेको छ । जसपा झापाका अध्यक्ष दिपेनवाला राईले पक्राउ परेका साथीहरुलाई विना सर्त तत्काल रिहाई गर्न माग गरेका छन् ।

Facebook Comments Box