दमक/ दमकमा दुईदिने फुड फेष्टिवल हुने भएको छ । नेपाली मौलिक संस्कृतिलाई आय आर्जनसँग जोड्ने उदेश्यका साथ स्थानीय तथा लोपोन्मुख जातजातिहरुको मौलिक खाद्य परिकार प्रदर्शन तथा बिक्रीको लागि राखिने बताइएको छ ।

माकर्सवादी ज्ञान केन्द्रको आयोजनामा फुड फेस्टिवल हुन लागेको आयोजक समितिले जानकारी दिएको छ ।

फुड फेष्टिवल चैत्र १५ र १६ गते दमक चौक आकासे पुलको उत्तरी भागमा हुने आयोजक समिति संयोजक राधिका ओझाले जानकारी दिइन् । फेष्टिवल बिहान ८ बजेदेखि दिउँसो ३ बजे सम्म हुने माक्र्सवादी ज्ञान केन्द्र केन्द्रिय समितिले जनाएको छ ।

Facebook Comments Box