३० चैत, झापा / झापाको दमक नगरपालिकास्थित दापगाछीमा निर्माणाधीन भ्यू टावरको औचित्यबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

भ्यू टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त प्रतिफलको सुनिश्चितता अध्ययन नभएको महालेखाको ६० औं प्रतिवेदनमा उल्लेख छ । ५ बिघा जग्गामा ७२ मिटर उचाइ र १८ तलामा भ्यू टावर बनिरहेको छ ।

यस संरचनाको कुल लागत १ खर्ब ६६ करोड रहेकोमा १ अर्ब ४ करोड रुपैयाँ खर्च भइसकेको छ । अझै १७ औं र १८ औं तलाको निर्माणको काम बाँकी रहेको महालेखाले जनाएको छ । माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्न समेत महालेखाले सरकारलाई सचेत गराएको छ ।

Facebook Comments Box