कोशी ट्रक ब्यवसायी संघको साधारण सभा सम्पन्न

इटहरी/ कोशी ट्रक ब्यवसायी संघको ३५ औ बार्षिक साधारण सभा तथा १७ औ अधिवेशन सम्पन्न भएको छ । लायन्स क्लव इटहरीको सभाहलमा मंगलवार सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अथिति नेपाल ट्रक यातायत ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष श्री हिरालाल श्रेष्ठ र बिशिस्ट अतिथि कोशी प्रदेश सांसद श्री रेवतीरमण भण्डारीले संयूक्त रुपमा गरेका थिए ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हिरालाल श्रेष्ठले अहिलेको मुख्य समस्या ट्रक पार्किङ र दोहोरो कर प्रणाली भएको भन्दै यसलाई सम्बन्धित विभागीय मन्त्रालयसँग सम्वन्वय गरेर समाधान गरिने बताएका छन् ।
सोही कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद रेवतीरमण भण्डारीले दुर्घटना नियमावलीमा परेका अप्ठ्यारोहरुलाई नियमावली संसोधन गरेर हल गर्न पहल गर्ने बताए । उनले सवारी दुर्घटना न्यूनिकरण गर्न प्रदेश सरकारले योजना बनाएर ट्राफिक प्रहरीको सहयोगमा समाधान खोजिने बताएका छन् ।
मंगलवार नै सम्पन्न साधारण सभाको बन्दसत्रले सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको अध्यक्षमा पुनः विद्यापति उपाध्याय चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा ईश्वर भट्टराई, उपाध्यक्षमा गणेश श्रेष्ठ, महाँसचिवमा हिमप्रकाश फुयाल, सचिवमा जीवन अधिकारी र कोषाध्यक्षमा भोला निरौला चयन भएका छन् । यसैगरि समितिको सदस्यहरुमा क्रमशः राजकुमार खड्का, रमेश कुमार दाहाल, श्रवणकुमार खवास, तीर्थराज खड्का, ओमनाथ सेडाई, कमल भट्टराई र अरुणकुमार झा निविरोध चयन भएका छन् ।
नवनिर्वाचित समितिले आगामी सनिवार सपथ ग्रहण गर्ने कार्यक्रम रहेको कोशी ट्रक ब्यवसायी संघ कार्यलय सचिव बद्री गौतमले जानकारी दिए । समितिको तीनवर्षे कार्यकाल रहने प्रावधान छ ।