पाँचथर/ पिकअप भ्यान दुर्घटनामा परेर पाँचथरको फिदिम नगरपालिका-१० नागिनमा आइतबार विहान एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । याङनाम फालौट सडकखण्ड अन्तर्गत नागिन खण्डमा पिकअप भ्यान दुर्घटनामा परेर फालेलुङ-८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार फालेलुङ-८ लुवाफुदेखि फिदिम जाँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप आइतवार बिहान ८ बजे दुर्घटना हुँदा फालेलुङ-८ का वडा सदस्य समेत रहेका चालक छवि अधिकारी, हिलिहाङ-७ का धनकुमार रसाइली, याङवरक-५ की निर्मला केरुङ, फालेलुङ-८ कै पूणर्बहादुर जबेगु र ठेगाना नखुलेका करिव २५ वर्षीय अच्युत केरुङ रहेका छन् । घाइते ५ मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले पाँचथर अस्पतालबाट थप उपचारका लागि झापातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

 

Facebook Comments Box