चितवन /यही वैशाख १० गते भएको उपनिर्वाचनमा सर्वाधिक चासोको क्षेत्र रहेको चितवन क्षेत्र नम्बर २ कोे मतगणना अहिले दिउँसो १ बजेदेखि शुरु भएको छ । केही समयअघि बसेको सर्वदलीय बैठकमा भएको सहमति अनुसार मतगणना गर्ने सहमति भएपछि मतगणना प्रारम्भ भएको हो ।
सो कुराको जानकारी जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले गराएका हुन् । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने अडान राखेका थिए । १ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट काँग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित रास्वपाको अध्यक्ष लामिछानेको नागरिकता प्रकरणका कारण सर्वोच्च अदालतबाट नेपाली नागरिकता तत्कालका लागि बदर भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
यसैगरी बारा क्षेत्र नम्वर -२ मा पनि मतगणना सुरु भएको छ । आइतबार भएको निर्वाचनको मतगणना सर्वदलीय बैठकपछि सुरु भएको हो । बारा २ मा ६३ दशमलव ५६ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार रहेका छन् ।
उता तनहुँ क्षेत्र नम्वर १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वणर्िम वाग्लेले फराकिलो अग्रता कायम गरेका छन् । आइतबार रातिदेखि भएको मतगणनामा आज सोमबार बिहान ११ बजेसम्मको मतपरिणामअनुसार कुल २२ हजार ३५८ मत गणना गर्दा वाग्लेले ११ हजार ४२८ मत प्राप्त गरेका छन् । उनका निकतटम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले चार हजार ९६३ मतले अगाडि छन् । तेश्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ३ हजार ७४८ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box