तनहुँ-१ मा रास्वपाका वाग्ले विजयी
तनहुँ/ आइतबार भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा तनहुँको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वणर्िम वाग्ले भारी मतान्तरले विजयी भएका छन् । उनले ३४ हजार ४८० मत प्राप्त गरका छन्, जुन उनका निकटतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईको भन्दा १४ हजार ३८८ मतले बढी हो ।
भट्टराईले २० हजार ९२ प्राप्त गरे । त्यस्तै, नेकपा एमालेका उम्मेद्वार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत पाएका छन् । यस क्षेत्रमा कुल ६५ हजार २९८ मत खसेको निर्वाचन आयोगले बताएको छ ।


Facebook Comments Box