चितवन/ चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । यो मत ५६ हजार ४९६ गणना हुँदा सम्मको हो ।
नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार २६८ मत ल्याएका छन् । लामिछाने र उनका निकटम प्रतिष्पर्धीबिच ३२ हजार ६१२ मतान्तर छ । भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । यतिका मत गणना हुँदा सम्म आठ सय ७० मत बदर भएको छ ।

Facebook Comments Box