बारा/ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा निर्वाचन क्षेत्र नं. २ बाट यही वैशाख १० गते भएको निर्वाचनको मतगणना हुँदा बढी मत ल्याएर विजयी भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
यादवले २८ हजार चार १५ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् । यसैगरी एमालेका पुरुषोत्तम पौडेल १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित हुन पुगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् । पाँचौँ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १.४५ बजे प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री सरोज यादव, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालगायत उपस्थिति रहेको थियो ।

Facebook Comments Box