गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने भएको छ । पालिकाले त्यस्तो अनुदानका लागि विभिन्न शर्तहसहित पालिकाका किसान तथा किसान सम्बद्ध फर्म तथा किसान समूहहरुसँग यसअघि मागेको प्रस्ताव स्वीकृत गर्दै अनुदान दिने भएको हो ।
माग भइआएका प्रस्तावनासहितका निवेदनहरुमध्ये विभिन्न व्यक्ति तथा संस्था एवं कृषि फर्महरु गरी ६३ वटा अनुदानका लागि योग्य ठहरिएका छन् । पालिकाले मंगलबार सार्वजनिक गरेको अनुदानका लागि छनौट भएकाहरु मध्ये १० वटा विभिन्न कृषक समूह तथा फर्महरु छन् भने अन्य सबै किसानहरुले व्यक्तिगत रुपमा अनुदान पाउनेछन् । संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत उनीहरु मध्ये धेरैले सिचाइँका लागि विद्युत मोटरमा अनुदान पाउनेछन् भने केहीले पावर स्प्रे, थ्रेसर समेत पाउनेछन् । थ्रेसरका लागि २ लाख ५० हजार सम्म अनुदान पाउनेछन् । मोटर अनुदान प्राप्त गर्नका लागि प्रतिगोटा ४ हजार १२५ रुपैयाँ र पावर स्प्रेका लागि १ हजार २५० रुपैयाँ रकम अग्रिम जम्मा गर्नुपर्ने व्यवस्था रहेको पनि पालिकाद्धारा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

Facebook Comments Box