पोखरा/ गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । काँग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । नेकपा माओवादीले १० चैतमा आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका खगराज अधिकारीले गएको शनिबार प्रदेशसभा बैठकमा भएको मत विभाजनमा आवश्यक मत लिन असफल भएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । ६० सदस्यीय प्रदेशसभामा काँग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एकजना सदस्य छन् भने एमालेका २२ र राप्रपाका दुई सभासद् रहेका छन् ।

Facebook Comments Box