गौरादह/ धिमधिमे युवा क्लवद्वारा गौरादह नगरभित्र रहेका सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूलाई लक्षित गरी बिहीबारदेखि ३ दिने नेतृत्व विेकास तालिम सुरु भएको छ । सूर्योदय आधारभूत विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार एवम् सञ्चारकर्मी धनकुटे कान्छाले सहजीकरण गरिरहेका छन् ।
ओैपचारिक कार्यक्रमका प्रमुख अतिथि गौरादह वडा नम्बर ३ का अध्यक्ष दिलिप भण्डारीले कार्यक्रमको उद्घाटन गरे । सूर्योदय आधारभूत विद्यालयका प्र.अ लिलानाथ गौतम, व्यवस्थापन समिति अध्यक्ष कुमार खतिवडा लगायत विभिन्न विद्यालयका शिक्षक तथा प्रधानाध्यापकको आतिथ्यता रहेको कार्यक्रममा ४० जना बढी छात्र तथा छात्राहरुको सहभागीता रहेको थियो । कार्यक्रम धिमधिमे युवा क्लबका अध्यक्ष प्रविण बस्नेतको अध्यक्षतामा भएको थियो । कार्यक्रम भोली शनिबार सम्पन्न हुने आयोजक समितिले बताएको छ ।

Facebook Comments Box