बालसेवाका पूर्वविद्यार्थीहरु संगठित
शिवसत्ताक्षी/ झापाको शिवसताक्षी नगरपालिका-७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयका पूर्वविद्यार्थीहरु संगठित भएका छन् । शुक्रवार विद्यालयमा आयोजित पूर्वविद्यार्थीहरुको भेलाले फणेन्द्रराज चेम्जोङ्गको अध्यक्षतामा १५ सदस्यीय बालसेवा पूर्वविद्यार्थी मञ्च गठन गरेको हो ।
सर्वसम्मत निर्वाचित गठित मञ्चको उपाध्यक्षमा तारा दाहाल खड्का, सचिवमा जसकुमार तामाङ, सह-सचिवमा दिपक शेर्मा, कोषाध्यक्षमा ममता चेम्जोङ र सदस्यहरुमा क्रमशः उमेश बराइली, ज्ञानु शेर्मा, सुबास चेम्जोङ, कुमार चेम्जोङ ,प्रेम भुर्तेल, खेम सम्बाहाम्फे, यामबहादुर राई, गोविन्द राई, पुष्पा मगर र राज सुब्बा रहेका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द ल्वागुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरुले आ-आफ्नो सुझाव सहितको धारणा राखेका थिए । २०३० सालमा स्थापना भएको यस विद्यालयमा हाल अँग्रेजी माध्यममा नर्सरीदेखि कक्षा ८ सम्म अध्यापन भईरहेको प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बताए ।

