दमकमा भिसी वेघाको अन्त्येष्टी

दमक/ बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व. रामबहादुर बेघा लिम्बूको आइतबार अन्त्येष्टी गरिएको छ ।


गत चैत ९ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा भिसी बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो । दमक-८ का स्थायी बासिन्दा बेघा एकवर्षदेखि मिर्गौला र मुटु रोगका कारण अस्वस्थ्य रहँदै आएका थिए । उनको पार्थिव शरीर शुक्रबार दमकमा ल्याई दमक-६ स्थित उनकै निजी किरात माङहिमको जग्गामा किरात धर्मसंस्कृति अनुसार अन्त्येष्टी गरिएको अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी ) एम.भि.ओ.प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताए । सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएका थिए । १३ जना गोर्खाली भीसीहरूमा उनी मात्र जीवित थिए । भिसी वेघाको अन्त्येष्टीका दिन उनको सम्मानमा दमक नगरपालिकाले आइतबार स्थानीय विदा दिएको थियो । नगरपालिकाले एक सूचना जारी गरी नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूणर् योगदान गरेका वेघाको सम्मानमा विदा दिइएको जनाएको हो ।