दमक/ झापाको दमकमा आइतवार राति भएको सवारी दुर्घटनामा परेर मोरङको उर्लाबारीका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उर्लाबारी-३ का ३० वर्षीय विवेक धिमाल रहेका छन् ।

दमक-९ बरगाछीस्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०१-०१५ प ४२५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको प्र १-०२-०४३ प ८५२३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक सोही स्थानका ३४ वर्षीय सोवित तामाङ घाइते भएकोमा उनको निम्स अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

Facebook Comments Box