स्वतन्त्र शाकोसद्वारा दिपीनीका विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक/ झापाको दमक-५ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले दमकको एक विद्यालयका ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । संस्थाको ११ औं वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्थानीय दिपीनी आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई स्टेशनरी, झोला, कपी तथा कलम प्रदान गरेको व्यवस्थापक मानबहादुर मगरले बताएका छन् ।


संस्थाको एक टोली आइतवार विद्यालय पुगेर ती शैक्षिक सामाग्रीहरु वितरण गरेको उनले बताए । शैक्षिक सामग्रीहरु संस्थाका अध्यक्ष इन्द्रकुमार राईले हस्तान्तरण गरे । संस्थाले आप्mनो वार्षिकोत्सवमा यसरीनै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दैआएको अध्यक्ष राईले बताए । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौला, संस्थाका सञ्चालक समितिका सदस्यहरु हरि राई, कणर्सिंह तामाङ, दुर्गामाया राई, शेयर सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको संस्थाका सचिव सुमन काप्mलेले जानकारी दिए ।