नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामबहादुर राना मगरमाथि आक्रमणको प्रयास गर्दै आन्दोलनकारीले लखेटेका छन ।


हिजो रानालाई उनकै निर्वाचन क्षेत्र इलाम २ ९२० को माङसेबुङमा पार्टी कार्यक्रममा जाने सिलसिलामा आक्रमण भएको थियो । आक्रमणबाट राना चडेको गाडीमा सामान्य क्षती पुगेको छ । प्रदेश नाम खारेजीको माग राख्दै आएको आन्दोलनरत पक्षले उनिमाथि आक्रमणको प्रयास गरेपछि उनी कार्यक्रम स्थल नपुगी बाटै फर्किए थिए ।

एमाले जिल्ला कमिटी इलामको बैठकका लागि माङसेबुङ जाँदै गरेका रानालाई अज्ञातस्थलबाट आक्रमण भएको र आक्रमण पछि उनी कार्यक्रममा नपुगी फर्किएको प्रहरीले पुष्टि गरेको छ । प्रदेश १ को नामाकरण गर्दा कोशी नामको प्रस्तावक रहेका रानालाई आन्दोलनकारीले अज्ञातस्थलबाट ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालयइलामका प्रमुख दिलिप घिमिरेले पुष्टि गरेका छन् ।

आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडिको अगाडि र पछाडिको सिसा फुटेको छ । दिउँसो १ बजे भएको घटनामा संलग्नको खोजी भइरहेको र राना सकुसल रहेको प्रहरीले जनाएको छ ।

आक्रमणपछि उनी सहितकोटोली दमक फर्किएको थियो । कोशी प्रदेश नामाकरणका प्रस्ताव समेत रहेका रानालाई आन्दोलनकारीले वंश गद्दार घोषणा गर्दै तिब्र आक्रोश पोख्दै आएका छन ।

Facebook Comments Box