उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनभित्र चेन अफ कमान्डको पालना गरी एकजुट भएर अघि बढ्न उच्च प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।

बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायतलाई बोलाएर उनले गुटबन्दी नगर्न चेतावनी दिएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक कुँवर र अन्य केही उच्च अधिकृतबीच समन्वयको अभावको सूचना पाएपछि उनले प्रहरीका उच्च अधिकारीलाई गृह मन्त्रालयमा बोलाएका हुन्।

यस्तो प्रवृत्तिले प्रहरी संगठन कमजोर हुने भन्दै उनले एकजुट हुन निर्देशन दिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । सो निर्देशनमा आइजिपी, एआइजीहरू, प्रहरी प्रवक्ता तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी सहभागी थिए।

साथै, नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतमा मुद्दा दर्ता नहुँदै अनुसन्धानमा गोप्य विवरण बाहिरिएको विषयमा पनि छानबिन गरिने उनले बताएका छन्।- nayapatrika

Facebook Comments Box