पौडी खेल्ने क्रममा डुवेर झापा,कमल गाउँपालिका -५ पाडाजुंगीका एक जना युवाको आज ज्यान गएको छ ।

साथीसंग पौडी खेल्न झापाको शिवसताक्षीस्थित सतासी झरनामा गएका १८ बर्षिय निश्चल भण्डारीको पौडी खेल्ने क्रममा आज दिउँसो १२ वजे डुवेर ज्यान गएको हो । झरनामा हामफाल्दा ढुंगामा लागेर ती युवाको घटनास्थलमा ज्यान गएको स्थानीय दिनेश अधिकारीले बताए ।                       

धामबाट करिव १ किलोमिटरको दुरीमा इलामको माई नगरपालिका वडा नम्बर ८ को माथिल्लो झरना पर्छ ।
यसैवीच प्रहरीले शव उठाई पोष्टमार्टमका लागि परिवारलाई जिम्मा दिईएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए । श्रोत- दमक आवाज

Facebook Comments Box