दमक,१७ जेठ / संघीय सरकारले झापाका १५ वटा स्थानीय तहलाई ७ अबै ७९ करोड रुपैया छुट्याएको छ ।झापाको कुल वजेट मध्ये नगरपालिकातर्फ दमक र गाउँपालिकातर्फ कमललाई बजेट धेरै छुटिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को बजेटमा जिल्लाका ८ नगरपालिकामध्ये दमकलाई सबैभन्दा धेरै र ७ गाउँपालिकामध्ये कमललाई सबैभन्दा धेरै बजेट परेको हो । सबैभन्दा थोरै बजेट पाउनेमा हल्दिबारी गाउँपालिका रहेको छ । नगरपालिकामध्ये सबैभन्दा थोरै बजेट कनकाईले पाएको देखिन्छ ।
सावैजनिक गरिएको वजेटका अनुसार नगरपालिकातर्फ दमकलाई ९५ करोड ८९ लाख,मेचीनगर नगरपालिकालाई ९१ करोड ५५ लाख, बिर्तामोड नगरपालिकालाई ८८ करोड ८३ लाख, शिवसताक्षी नगरपालिकालाई ५५ करोड ८५ लाख, भद्रपुर नगरपालिकालाई ५० करोड ९४ लाख, गौरादह नगरपालिकालाई ५० करोड ९२ लाख, अर्जुनधारा नगरपालिकालाई ४७ करोड १६ लाख रुपैया र कनकाई नगरपालिकालाई ३८ करोड १८ करोड रुपैया बिनीयोजन गरेको छ ।
यस्तै, गाउँपालिकातर्फ कमललाई ४६ करोड ३६ लाख,कचनकवललाई ४० करोड २५ लाख,बुद्धशान्तिलाई ३८ करोड ३ लाख,झापालाई ३५ करोड ३७ लाख,गौरीगञ्जलाई ३४ करोड २७ लाख,बाह्रदशीलाई ३४ करोड ९ लाख र हल्दिबारीलाई ३१ करोड ३३ लाख रुपैया बिनीयोजन भएको उल्लेख छ ।

Facebook Comments Box