काठमाडौँ/ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौँ चरण अन्तर्गतका खेल हुँदैछन् । आज मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब तथा थ्री स्टार र संकटाबीच प्रतिस्पर्धा हुँदैछ ।
मछिन्द्र र सातदोबाटोको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ । जारी लिगमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको मछिन्द्र दशौँ जित निकाल्ने लक्ष्यमा रहेको छ भने २९ अंकका साथ छैटौँ स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ ।
यस्तै, आजै हुने अर्को खेलमा थ्री स्टार र संकटा भिड्ने छन् ।

च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै अङ्क तालिकामा सुधार ल्याउने प्रयासमा हुनेछन् । जारी लिगमा थ्री स्टारले २२ खेलबाट २६ अङ्क जोडेको छ भने संकटाको पनि २६ अङ्क नै छ ।

Facebook Comments Box