काठमाडौँ । दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ। यो नेपालमा भएको बीभत्स हत्याकाण्ड पनि हो । विसं २०५८ सालमा जेठ १९ गते तत्कालिन राजा वीरेन्द्रसहित उनको परिवारको वंशनाश भएको थियो।

राजपरिवारका १० सदस्यको हत्या भएको थियो। घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, निराजन वीरविक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाह मारिएका थिए।

अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा हत्याकाण्ड भएको थियो। त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए।

सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो । नेपालले भने सो समितिबाट राजीनामा दिएका थिए।

Facebook Comments Box