बीबीसी / भारतको ओडिशामा रेल दुर्घटना हुँदा २२३ यात्रुको मृत्यु भएको छ । कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।

चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै मालगाडीसँग ठोक्किएको हो।

घटनाबारे जानकारी लिन भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीटमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

उनकाअनुसार गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिइने छ। ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्यभर शोकको घोषणा गरेका छन् ।

Facebook Comments Box