कोशी प्रदेश सरकार अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउने तयारी

विराटनगर / कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएपछि हिकमत कुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारीमा थालेको छ ।


माओवादी केन्द्र सरकार वाट बाहिरिइसकेको छ । सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै अल्पमतमा परेको सरकारले बुधवार संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको थियो । नीति तथा कार्यक्रमलाई प्रदेश सरकारले स्थगित गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढंगले बजेट ल्याउने तयारी भएको बताएका छन् ।
माओवादी केन्द्र सरकारबाट फिर्ता भएपछि बुधवार नीति तथा कार्यक्रम संसद्मा पेस नहुने उनले जानकारी दिए ।
अध्यादेशबाट बजेट आउने कुरा पनि संविधान अनुसारकै विषय भएको उनले बताएका छन् । यो सरकारले बहुमत जुटाउन कसरत गरिरहेको उनको भनाइ रहेको छ । सरकारले बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेश मार्फत असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ ।