दमक / दमक नगरपालिकाका हलुका सवारी चालक प्रकाश भण्डारीको हृदयघातका कारण मृत्युभएको छ । नगर प्रमुख रामकुमार थापालाई विराटनगर लिएर गएका गाडी चालक ४८ बर्षिय भण्डारीको विहिवार दिउँसो हृदयघातका कारण मृत्यु भएको हो ।

थापा कोशी प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन बिहान विराटनगर गएका थिए ।कार्यक्रम चलिरहेका बखतनै भण्डारीले अकस्मात आफूलाई छातीमा केही असहज भएको बताएपछि तत्कालै उपचारका लागि नोबल अस्पताल विराटनगर लगिएकोमा तत्कालै चिकित्सकहरुले भण्डारीलाई मृत घोषणा गरेका दमक- ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले जानकारी दिए । दमक २ निवासी भण्डारी लामोसमयदेखि नगरपालिकाको सवारी चालकका रुपमा काम गरिआएका थिए ।

भोलि एक दिन शोक विदा

दमक नगरपालिकाले नगरपालिकाका कर्मचारी हलुका सवारी चालक प्रकाश भण्डारीको निधनमा शुक्रबार एक दिन नगरपालिका कार्यालय र मातहतका सबै कार्यालयहरुमा शोक विदा हुने भएको छ ।

बिहिबार अचानक मृत्यु भएका भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सो कार्यालय र मातहतका कार्यालयहरुमा लागू हुने गरी शुक्रबार एक दिन बिदा दिएको हो । नगरपालिकाका तर्फबाट प्रशासकिय अधिकृत यज्ञराज निरौलाले हस्ताक्षर गरी बिहिबार साँझ जारी गरेको सूचनामा त्यस्तो जनाइएको हो ।

Facebook Comments Box