दमक /  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तोरी, भटमास लगायत वस्तुको मूल्य घटेसँगै तेलको मूल्य पनि ओरालो लागेको छ । खाद्यान्न तथा खाद्य पदार्थमा उच्च मूल्यवृद्धि देखिएको छ । वैशाख महीनामा गत वर्षको तुलनामा खाद्य पदार्थको मूल्य १३.६९ प्रतिशतले बढेको छ । दैनिक जीवनयापनमा खाद्यान्नलाई आधारभूत वस्तु मानिन्छ । यसको मूल्य बढ्दा विपन्न र निम्न मध्यम वर्ग सोझै प्रभावित हुन पुग्छन् । निम्न वर्गको पारिवारिक कुल खर्चको ठूलो हिस्सा खाद्य वस्तुमा खर्च हुने कारण यसको उच्च मूल्यवृद्धिको सोझो असर पर्छ ।
सरकारले खाद्यान्नको सुलभ पहुँच दिन विपन्न लक्षित कुनै पनि प्रभावकारी कार्यक्रम सञ्चालन गरेको छैन । यो वर्ष औसत मूल्यवृद्धि झन्डै आठ प्रतिशतको छेउछाउ रहने देखिएको छ । वैशाखसम्म औसत मल्यवृद्धि दर ७.८६ प्रतिशत छ । खाद्यान्न, तरकारी सहितका वस्तुको मूल्यवृद्धिका कारण जेठ र असारमा पनि मूल्यवृद्धि दर उच्च नै कायम हुने खाद्य संस्थानहरुले जनाएका छन् । चालू आर्थिक वर्षको पहिलो चार महीना मूल्यवृद्धि दर आठ प्रतिशतभन्दा माथि थियो ।
त्यस्तै, मनोरञ्जन तथा संस्कृति क्षेत्रका बस्तुको मूल्य १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको मूल्य ८.२७ प्रतिशतले बढेको छ ।

Facebook Comments Box