ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। सिआइबीकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरेको पुिष्ट गरेका छन ।


प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको हो। राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए ।
राउत २०७८ पुस २१ मा सचिव भएका थिए। राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो।
भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए। उनको त्यही भूमिकाबारे थप अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो।