विराटनगर । कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले दिएको राजीनामा आज स्वीकृत गरेका छन् ।
प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापामार्फत नेपालको संविधानको धारा, १६० को उपधारा (४) को खण्ड (क) बमोजिम यही असार २२ गते मुख्य न्यायाधिवक्ताको पदबाट दिएको राजीनामा स्वीकृत गरेका प्रदेशप्रमुखको कार्यालयका प्रवक्ता नरेन्दकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments Box