काठमाडौं  / नेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्य घटाउँदै स्वचालित मूल्य प्रणाली लागू गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुनेगरी स्वचालित मूल्य प्रणाली लागू गरेको हो ।

अब निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने निगमले नाफा नराख्ने भएको छ । निगमका अनुसार आइतबार रातिबाट नै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४–४ रुपैयाँ मूल्य घट्ने छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्नेछ ।

अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ भने तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ । डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ । एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।

Facebook Comments Box