दमकमा व्यवसायीको रक्तदान

दमक/ होलसेल व्यवसायी संघ दमकले आफनो चौथो स्थापना दिवसको अवसर पारेर आज दमकमा आयोजना गरेको रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।गणतन्त्र चौंकमा आयोजित खुल्ला रक्तदानमा संघका पूर्व अध्यक्ष रिंगकुमार आचार्यसहित पदाधिकारी,सदस्यहरुले रगतदान गरेको संघका अध्यक्ष राम रिमालले बताएका छन् । रक्तदान संघसहित लायन्स क्लव अफ दमक गोल्ड , दमक जुत्ता चप्पल व्यवसायी संघको संयुक्त आयोजनामा भएको उनले जनाएका छन् ।
गर्मी संगै बर्षायाममा रगतको अभाव हुन नदिन संघसहित तीन वटा संस्थाले रगतदान जीवनदान भन्ने नाराका साथ रक्तदान कार्यक्रम गरिएको हो । संघले आफनो दिवसमा विभिन्न सामाजिक गतिविधिहरु गरिआएको अध्यक्ष रिमालले बताएका छन् ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा होलसेल व्यवसायी संघका उपाध्यक्ष शेखर न्यौपाने ,सचिव रमेश खतिवडा, सदस्य राजेश अग्रवाल, सल्लाहकार सदस्य मैयादेवी आचार्य, लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष नन्दकुमार राई, दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल,सदस्य तुलसी तिम्सीना लगायतले रगतदान गरेका थिए ।
रक्तदानमा सहभागिहरुलाई मायाको चिनो स्वरुप कागतीको विरुवा हस्तान्तरण गरिएको थियो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा अगुवा व्यवसायीहरु रामचन्द्र बराल, हेमसिंह अधिकारी,बुद्धिसागर बराल, बद्री बराल लगायतका उद्योगी,व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।

