सुदूरपश्चिम सरकारले पायो पूर्णता, ३ मन्त्रीले लिए शपथ

धनगढी / सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त भएको झण्डै छ महिना पुग्नै लाग्दा सरकारले पूर्णता पाएको हो ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयको शपथ ग्रहण गराए । तेस्रो पटकमा मन्त्री मण्डललाई पूर्णता दिएका मुख्यमन्त्री शाहले कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी नागरिक उन्मुक्तिकै कैलाश चौधरी दिएका हुन् ।


मन्त्री भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । त्यस्तै, कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित भएका हुन् ।