दमक/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश बनाउन सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

नेपाली जनताले दिएको जनादेश अनुसार सबै मिलेर १० बर्ष समृद्ध देश बनाउन लाग्नुपर्ने किरातीले बताए । लोकतन्त्र, गणतन्त्र होस् वा संविधान निर्माणमा सबै दल मिलेर अघि बढ्दा सफलता हात पारेको स्मरण गर्दै उनले भ्रष्टचारलाई निमूल बनाएर देशलाई समृद्धितर्फ अघि बढाउन आवश्यक रहेकोमा जोड दिए ।

किरातीले नेपाली समाजलाई चाहिने रैथाने विश्वविद्यालय स्थापना गर्नु आवश्यक भएको औल्याएका छन् ।२९ औ विश्व आदिवासी दिवसका अवसरमा बुधबार झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा जिल्लास्तरिय आदिवासी समारोहलाई सम्बोधन गदैै उनले सरकारले रैथाने विश्वविद्यालय स्थापनाका लागि संभाव्यता अध्ययन शुरु गरिसकेको बताए । सरकारले यसका लागि वजेटको व्यवस्था गरि काम थालिसकेको उनले जनाए ।
विकासको नाममा इतिहास र संस्कृति नामेट गर्नु भन्दा त्यस्ता प्राचिन र संस्कृतिमूलक सम्पदा र संस्कृतिको खोजी गरि त्यसैबाट नयाँ नेपाल संभव हुने उनको भनाई थियो ।
पूरानो गाउँको खोजी गरिएको बताउदै उनले अव त्यस्ता रैथाने सांस्कृतिक गाउँ र सम्पदालाई संरक्षण र सम्बद्र्धन गरि त्यसैबाट सारा विश्वका पर्यटकलाई भित्रयाँउन सकिने प्रचुर संभावना भएको जोड दिने उल्लेख गरे ।
उनले भने , –‘हाम्रो विकास, राजनीति विदेशीको नक्कल होइन आफनै मोडालिटी,नेपाली पन भए मात्र देशमा समृद्धि संभव हुने छ ,यसमा यो सरकार प्रतिवद्ध छ । ’देशमा राजनीतिक परिवर्तन भएपनि विकासको परिवर्तन खासै हुन नसकेकोमा चिन्ता व्यक्त गदै उनले अव बिकाससंगै भ्रष्टचार ,घुसखोरी समाप्त गर्न सरकार प्रतिवद्ध भएको स्पष्ट पारे ।
राणा, पञ्चायतदेखि लोकतान्त्रिक राज्य व्यवस्था परिवर्तनका लागि देशका आदिवासी जनजातिहरुको उल्लेखीय योगदान पुरयाँएको चर्चा गदैं उनले तर ती जातिहरुलाई राज्यको मूल प्रवाहमा अझै समेट्न अझै नसकिएको बताए । व्यवस्था परिवर्तन भए तर यहाँका आदिवासी जनजातिहरुको अवस्था पूरानै अवस्थामा रहन पुगेको उनको भनाई थियो ।
सोहि अवसरमा मन्त्री किरातीले जनजाति महासंघ झापाका पूर्व अध्यक्षहरु पारषमणि राई, भरतकुमार श्रेष्ठलाई सम्मान गरे । महासंघमा महत्वपूर्ण योगदान पुरयाँएवापत द्धय पूर्व अध्यक्षलाई सम्मान गरेको हो ।
सोहि अवसरमा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जग्गाको भोगाधिकारसहित रंगशाला निर्माणमा वजेटको व्यवस्था गरिदिन भन्दै मन्त्री किरातीसमक्ष प्रतिष्ठानका कार्यवहाक अध्यक्ष दिपेनवाला राईले ज्ञापनपत्र बुझाएका थिए । महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष पाण्डवलाल र्चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्त्री डा.कृष्णबहादुर भट्टचन, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, अधिबक्ता शंकर लिम्बू ,माओवादीका केन्द्रीय सदस्य रन्जित तामाङ्ग, लिम्बूवानी नेता सञ्जुहांग पालुङ्गवा,सामाजिक अभियन्ता डकेन्द्रसिंह थेगिम , आदिवासी रंगशालाका कार्यवहाक अध्यक्ष दिपेनवाला राई लगायतले आदिवासी जनजातिका अधिकारका विषयमा बोलेका थिए । त्यस्तै कार्यक्रममा जिल्लाका आदिवासी,जनजाति संघसंस्थाहरुले आ–आफनो सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरेका थिए ।

Facebook Comments Box