रातो बाँदर हिमालबाहेक न्यानो हुने ठाउँमा पाइने बाँदरविद् डा. मुकेश चालिसेले बताउनुभयो । वन्यजन्तु आरक्षण क्षेत्र तथा निकुञ्ज आसपासका क्षेत्रमा हात्ती, बाघ, चितुवाले क्षति गर्ने गरे पनि न्यानो ठाउँमा भने रातो बाँदरले आङ्तक नै सिर्जना गरेको उहाँले बताउनुभयो ।

खानेकुरा सहजै पाउने भएपछि बाँदरको उत्पादन क्षमतामा वृद्धि हुने भएकाले बाँदरको सङ्ख्या बढेको उहाँले उल्लेख गर्नुभयो । प्राकृतिक रूपमा बाँदरले पाँच वर्षपछि मात्रै बच्चा जन्माउने क्षमता राख्छ तर खानेकुरा सहजै पाउने भएपछि एक दुई वर्षमा नै बच्चा जन्माउन थाल्ने भएकाले बाँदरको सङ्ख्या बढेको छ ।

बाँदरले गर्ने क्षतिको दीर्घकालीन समाधान गर्न एकीकृत अध्यनन आवश्यक रहेका बताउँदै उहाँले किसानले बाँदरका कारणले पाएको दुःखको आकलन गरेर योजना बनाउन सुझाव दिनुभयो ।

बाँदरले मानिसको स्वभाव चिन्ने र गाउँमा ज्येष्ठ नागरिक र बालबालिकामा मात्रै भएकाले बाँदरले हेप्ने गरेको उहाँले उल्लेख गर्नुभयो । शरीरमा चोट नपरेपछि बाँदरले नटर्ने भएकाले नक्कली बन्दुक पनि असफल बनेको उहाँले सुनाउनुभयो ।

बाँदरको स्वभाव अनुसार कोहीले महिलालाई जिस्क्याउने, कोहीले पुरुषलाई कुट्ने, गहुँ बाली सखाप पारिदिने, धान नखाने तर माडिदिने अलैँचीको बोट नास गर्ने प्रकृतिका भएकाले यसले किसानलाई हैरानी पारेको बताउनुभयो । बाँदरलाई नियन्त्रणमा लिएर औषधी परीक्षण गर्ने र त्यसबाट अधिकतम फाइदा लिन सक्ने भएकाले सरकारले नै बालीनाली खाएपछि पैसा दिएर क्षतिपूर्ति दिनेभन्दा पनि दीर्घकालीन समस्या समाधान गर्न सकिने बताउनुभयो ।

Facebook Comments Box