कोशी / कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्चले तयारी गरेको छ ।

आजदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरुले मंगलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन गरेका हुन् ।

इजलासको नेतृत्व गरेकी न्यायाधीश सपना प्रधान मल्लले भनिन्, ‘आज तपाईंहरु (निवेदक)को कुरा सुन्छौं, भोलि सरकारी वकिल र विपक्षीहरुका कानून व्यवसायीहरुको पालो हुनेछ ।’

उनले प्रदेश सभाको अध्यक्षता गरेकाहरुले पनि भोलि नै आफ्नो कुरा राख्न पाउने बताइन् ।

सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको बहसमा निवेदकहरुले ४ घण्टा आफ्ना कुरा राख्न पाउनेछन् ।

कोशीको मुद्दा न्यायाधीश मल्ल सहित डा. कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा परेको छ ।

Facebook Comments Box