जसपाको ३ महिने अभियान जनमत निर्माणमा महत्त्वपूर्ण- नेता चेम्जोङ

जनता समाजवादी पार्टी नेपालको ३ महिने अभियानले जनमत निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्ने जनता समाजवादी पार्टीका नेता तथा प्रदेश न १ का इन्चार्ज रकम चेम्जोङले बताएका छन ! जसपा प्रदेश समितीको संगठन बिस्तार तथा सुदृढीकरण योजना तर्जुमा बैठकमा बोल्दै चेम्जोङले यस्तो बताएका हुन ।


जसपा केन्द्रिय कार्यकारी समिती बैठकले गरेको निर्णयको सर्कुलर बाचन गर्दै नेता चेम्जोङले आगामी ३ महिना जनताको घर घरमा गएर जनता लाइ जसपाको बारेमा बुझाउनु पर्ने बताएका हुन । जनमत बिना पहिचान स्थापित नहुने भन्दै चेम्जोङले अब सबै तहका नेता कार्यकर्ता जनमत निर्माणमा लाग्नु पर्नेमा जोड दिए । बैठकमा बोल्दै चेम्जोङले पार्टीका केन्द्रिय नेताहरुलाई इमानदारीपुर्वक तीन महिने अभियान जोडिन आग्रह गरेका छन ।
पार्टी हालै सम्पन्न बिधान अधिबेशनले पारित गरेको बिधान अनुसार अब सबै प्रदेश समिती , राष्ट्रिय समिती तथा जिल्ला समिती हरु पुनर्गठन गरिने बताउदै चेम्जोङले अब जिल्ला समितिहरु कार्यकारी हुने बताए ।
जसपाको ब्यबस्थापनमा भोलि भाद्र २५ गते समाजवादी मोर्चाको कार्यक्रम बिराटनगरमा हुदैछ । त्यस्तै जसपाले भाद्र २६ गते बिराटनगरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्दै छ ! आजको बैठक बाट ३ महिने अभियानका लागी निर्वाचन क्षेत्र स्तरीय जिम्मेवारी प्राप्त गर्ने नेताहरुका लागी उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जसपा प्रदेश १ ले जनाएको छ ।