लेटाङमा यहि माघ २४ गतेबाट फागुन ३ गतेसम्म प्याब्सुल खेल मैदानमा तेस्रो चिसाङ नकआउट फुटबल प्रतियोगिता २०८० हुने आयोजक क्लब चिसाङ युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

झापा, मोरङ र सुनसरीका ८ टिमहरू समावेश हुने प्रतियोगिताको उदघाटन खेल माघ २४ गते पथरी ११ र लेटाङ एफसीबीच हुनेछ भने फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रतियोगिता विजेताले उपाधि ट्रफी सहित रु १ लाख २० हजार तथा उपविजेताले ट्रफी सहित रु ६५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरूको म्यान अफ द म्याच तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत नगद तथा ट्रफीको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

लागू औषत दुर्व्यसन तथा बाल हिंसा मुक्त समाज निर्माण गरौं भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितालाई नेपाल सरकार खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदको सहयोग रहनेछ । साथै लेटाङ नगरपालिका, विभिन्न सहयोगी दाता तथा खेलप्रेमीहरूको सहयोगमा रु १२,१५,६६०।- को लागतमा प्रतियोगिता सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सपोर्ट पुनस्थापना केन्द्र, पथरी र उज्यालो जीवन प्रतिष्ठान, जाँतेले सहप्रायोजन गरेका छन । प्रतियोगिताका खेलहरू मिडिया पार्टन लेटाङ खबरले प्रत्यक्ष प्रशारण गर्नेछ ।- लेटाङ खबरबाट

Facebook Comments Box