३८२ कोरोना संक्रमित थपिए, मृत्यु शून्य

 १७ पुस, काठमाडौ‌ / नेपालमा पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ७ जनाको पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

शनिबार, १७ पुष, २०७८, दिउँसोको ०४:३६ बजे

सम्बन्धित खवर