विद्यार्थी लाई घोकाउने होइन

मानिसका लागि गाँस, बास र कपासपछि चौथो आवश्यकता शिक्षा बनेको छ । देश विकासको आधार स्तम्भ पनि शिक्षा हो । यस कारण पनि शिक्षालाई समय सापेक्ष बनाइनुपर्छ ।

अहिले २१औँ शताब्दी हो । यसलाई डिजिटल युग भनिन्छ । अहिलेको शिक्षा डिजिटल युगमा प्रवेश गरेको छ । अहिलेका बालबालिका डिजिटल युगका हुन् । डिजिटिल युगका बालबालिकालाई पढाउने होइन, सिकाउने हो ।

२०औँ शताब्दीका शिक्षक, २१औँ शताब्दीका विद्यार्थी

शिक्षक र विद्यार्थीका बीचमा ठूलो चुनौती र खाडल छ अहिले । शिक्षक २०औँ शताब्दीका छन् भने बालबालिका २१औँ शताब्दीका ।

अहिलेको शिक्षा समय सापेक्ष र व्यावसायिक हुनुपर्छ । अहिलेको गहन विषय भनेको सर्टिफिकेट र परीक्षाका लागि पढाउने कि जीवनका लागि भन्ने हो । अब सर्टिफिकेट र परीक्षाका लागि पढाउने दिनको अन्त्य भएको छ ।

अब पढाउने भन्दा पनि विद्यार्थीलाई सिकाउने हो । पहिले नम्बर, सर्टिफिकेट र परीक्षाका लागि पढ्ने चलन थियो । त्यो दिन सकियो । अब जीवनका लागि पढ्ने र पढाउने हो ।

शिक्षकको भूमिका प्रशिक्षकको हुनुपर्छ

शिक्षक अब शिक्षक होइन, प्रशिक्षकको भूमिकामा हुनुपर्छ । पहिले पढाउने चलन थियाउने होइन, विद्यार्थीलाई सिकाउने हो । लेक्चर विधिबाट पढाउँदा बालबालिकामा वृत्ति विकास हुन सक्दैन । बच्चा आफैँ सिक्न सहभागी हुनुपर्छ ।

शिक्षकले प्रशिक्षकको भूमिका निभाउने हो अनि शिक्षकको वृत्ति विकासका लागि तालिम अहिलेको आवश्यकता हो ।

जीवन उपयोगी शिक्षा

पढेर मात्र हुँदैन । समाज विकासका लागि हातमा सीप पनि हुनुपर्छ । सीपविना ज्ञानको अर्थ छैन । सीप, ज्ञान, जीवनलाई रूपान्तरण गर्ने शिक्षा हुनुपर्छ । बालबालिकालाई पूर्ण मानव र कर्मयोगी बनाउने हो । बालबालिकामा मानसिक, शारीरिक, सामाजिक र संवेगाात्मक विकास भयो भने पूर्ण मानव बनाउन सकिन्छ । र, त्यो मानव समाजसँग जोडिनुपर्छ ।

प्रयोगात्मक शिक्षा

बालबालिकालाई पूर्ण मानव बनाउन प्रयोगात्मक शिक्षाको विकास गरिनुपर्छ । विद्यार्थीलाई अनुसन्धानमा आधारित शिक्षा दिइनुपर्छ ।

विद्यार्थी कोर्सबुकमा मात्र भरपर्नुहुँदैन । अहिले पढ्नका लागि स्रोत धेरै छन् । रेडियो, टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जालबाट धेरै कुरा सिक्न सकिन्छ ।

तर, अहिलेका बालकालिका लगनशील छैनन् । सिक्ने कुराबाट विमुख छन् । ती बालबालिकालाई उत्प्रेरणाको आवश्यकता छ ।

नेपालमा सिकाउने तरिका अझै पनि पुरानो छ । यसलाई परिवर्तन गरेर प्रयोगात्मक शिक्षामा जोड दिइनुपर्छ । सीपमूलक पाठ्यक्रम, समय सापेक्ष कोर्स र प्रभावकारी पढाउने तरिका हुनुपर्छ । विद्यार्थीका लागि लाइब्रेरी, भौतिक संरचना, आईसीटी कक्षा, टेक्नोलोजी र मोटिभेसन नै प्रयोगात्मक शिक्षा हो ।

शिक्षकमा समपर्ण–भाव

नेपालमा राम्रो भन्दा पनि हाम्रोलाई शिक्षक बनाइन्छ, जसका कारण शिक्षाको गुणस्तर राम्रो हुन नसकेको हो । विशेषतः समपर्ण–भाव, विषयवस्तुको ज्ञान, सिकाउने कला भएका शिक्षक हुने हो भने गुणस्तरीय शिक्षा दिन सकिन्छ ।

शिक्षक र विद्यार्थी

शिक्षक र विद्यार्थीको सम्बन्ध त्रास दिने र त्रसित हुने हुनुहुँदैन । शिक्षकदेखि विद्यार्थी डराउने, आत्तिने वातावरण बनाउनुहुँदैन । तर, अनुशासनको दायरामा भने विद्यार्थी रहनुपर्छ ।

विद्यार्थीले शिक्षकलाई सम्मान भने गर्नुपर्छ । विद्यार्थीले सिक्ने र रमाउने वातावरण बनाउने काम शिक्षकको हो । विद्यार्थीले डरमा सिक्न थाल्यो भने कर्मयोगी मानव बन्न सक्दैन । त्यसैले विद्यार्थीका लागि ‘फियर फ्रि’ वातावरण हुनुपर्छ ।

घोकाउने होइन, सिकाउने हो

पहिले विद्यार्थीलाई घोकाउने चलन थियो । नम्बर धेरै ल्याउने विद्यार्थीलाई राम्रो र कम नम्बर ल्याउनेलाई नराम्रो भनिन्थ्यो । तर, त्यो गलत हो ।

हरेक विद्यार्थीसँग केही न केही क्षमता हुन्छ । जोसँग जे क्षमता छ, त्यसलाई प्रस्फुटन गराउने हो । विद्यार्थीलाई रटाउने, घोकाउने होइन, सिकाउने हो ।

सिकाउने तरिका

( विद्यार्थीमा आलोचनात्मक चेत ९क्रिटिकल थिङ्किङ० विकास गराउने,
( विद्यार्थीलाई सिर्जनशील बनाउने,
( सामूहिक कार्यमा छलफल गराउने,
( लेख्ने, पढ्ने, बोल्ने क्षमताको विकास गराउने

मन्टेश्वरी

मन्टेश्वरीमा बच्चालाई पढ्नका लागि दबाब दिने होइन, बच्चालाई पढाउने भन्दा पनि नयाँनयाँ कुरा सिकाउने हो ।
खेलको माध्यमबाट वा नयाँ प्रविधिको प्रयोग गरेर सिकाउनुपर्छ । अंग्रेजी, गणितका जटिल विषय बच्चालाई घोकाउन लगाइन्छ, त्यो गलत हो । बच्चालाई घोकाइएको छ भने कारबाही गरिनुपर्छ ।

१ देखि ५ कक्षासम्म

१ देखि ५ कक्षासम्मका बालबालिकालाई पाठ्यक्रममा पढाउनुपर्छ । किताबलाई केन्द्रमा राखेर होइन, कुनै कथाको माध्यमबाट पढाउन सकिन्छ ।

बच्चालाई पढ्न, लेख्न, बोल्न सिकाउनुपर्छ । त्यस्तै, कला, संस्कृति, रीतिरिवाज, समाजलगायतका विषयमा १ देखि ५ कक्षासम्मका बच्चालाई सिकाउनुपर्छ ।

५ देखि १० कक्षासम्म

५ देखि १० कक्षासम्मका बालबालिका शारीरिक, मानसिक रूपमा पूर्ण विकास भएका हुन्छन् । यी बालबालिकालाई आईसीटी कक्षा, प्रोजेक्टर, अडियो, भिडियोको माध्यमबाट पढाउनुपर्छ ।

दिनमा चारवटा पिरियड पढाएर अरू समय अतिरिक्त क्रियाकलाप गराउनुपर्छ ।

पाठ्यक्रम परिवर्तन

नेपालमा पुरानै पाठ्यक्रमबाट पाढाइन्छ । समय सापेक्ष पाठ्यक्रम बनाउन सकिएको छैन । प्रत्येक वर्ष ‘अप टु डेट’ गरिनुपर्ने हो ।

तर, १०(१५ वर्षमा पाठ्यक्रम परिवर्तन गरिन्छ । त्यो पनि पूर्ण रूपमा हुँदैन, जसका कारण नयाँ कुरा सिक्न विद्यार्थीले पाउँदैनन् । गुणस्तरीय शिक्षाका लागि पाठ्क्रम समय सापेक्ष बनाउनुपर्छ ।

किताब बोकाउने होइन

विद्यार्थीलाई पाठ्यक्रममा पढाउने हो । किताब धेरै बोकाउने होइन । अब निजीमा धेरै किताब बोकाउने दिनको अन्त्य हुँदै छ । पाठ्यक्रममा पढाउन थालेपछि किताब धेरै बोक्नुपर्दैन ।

हरेक दिन एउटै विषयमा पढाउने पनि होइन, प्रोजेक्ट बेसमा पढाउने हो । दिनमा चार पिरियड कोर्सबुक पाढाइन्छ भने त्यसपछि अतिरिक्त क्रियाकलाप गराउने हो ।

२ बजेपछिको समयमा योग, ध्यान, डान्स, खेललगायतका कार्यक्रम गराइनुपर्छ ।

सीमित विद्यार्थी

विद्यालयले भौतिक संरचनाको क्षमताभन्दा बढी विद्यार्थी राखेर पढाउनुहुँदैन । जति विद्यार्थी भर्नाका लागि आए, त्यति नै भर्ना लिने गरिएको छ । त्यो गलत हो ।

कक्षा १ देखि ५ सम्म एउटा कक्षामा बढीमा २६ जना विद्यार्थी राखेर पढाउनुपर्छ । ५ देखि माथि बढीमा ३० जना विद्यार्थी एउटा कक्षामा राख्नुपर्छ, तब मात्र विद्यार्थीलाई सिक्न र शिक्षकलाई सिकाउन सहज हुन्छ । एउटै कक्षाको बढीमा दुईवटा सेक्सन बनाउन सकिन्छ ।

अभिभावले बच्चाको अंक खोज्छन्

अभिभावकले बच्चाको क्षमता के छ रु केमा बच्चा अब्बल छ, त्यो हेर्दैनन् । परीक्षामा कति अंक आएको छ, त्यो हेर्छन् ।

अंक धेरै आए अभिभावक खुसी, थोरै आए बेखुसी हुन्छन् । अंकलाई आधार मान्ने हो भने बच्चाको भविष्य बन्दैन ।
नम्बर धेरै ल्याउँदैमा राम्रो हुने होएन । हातमा सीप छैन भने धेरै नम्बर ल्याएर के काम रु त्यसैले अभिभावकले बच्चाको अंकभन्दा पनि क्षमता हेर्ने हो ।

आफ्नो बच्चालाई अर्कोसँग तुलना गर्ने अभिभावक धेरै छन् । हरेक बच्चासँग फरक फरक क्षमता हुन्छ । आफ्नो बच्चासँग के क्षमता छ, त्यो हेर्ने हो ।

वर्षभर पढेर ३ घण्टाको परीक्षाले बच्चा कस्तो हो भन्ने निर्धारण गर्दैन । ‘डे वान’देखि अन्तिम दिनसम्मको बच्चाले केके गर्‍यो, त्यसको रेकर्ड राख्नुपर्छ । अभिभावकलाई बच्चाले वर्षभर गरेको फाइल दिइनुपर्छ ।

अभिभावकको भूमिका

नेपालमा अभिभावकले अभिभावकत्व भूमिका निर्वाह गर्न सकेका छैनन् । अभिभावकले बच्चालाई कति समय दिने, बच्चाको भावना के छ रु बच्चालाई कसरी ‘ट्रिट’ गर्ने भन्ने ज्ञान अभिभावकमा छैन ।

५ वर्षसम्मको बच्चालाई माया प्रेमममा हुर्काउनुपर्छ । १० वर्षसम्मका बच्चालाई नियम, अनुशासन र ज्ञानका कुरामा अभिभावकले ध्यान केन्द्रित गर्नुपर्छ ।

१५ वर्षदेखि माथिकालाई मित्रवत् व्यवहार अभिभावकले गर्नुपर्छ, तब मात्र बच्चा असल र कर्मयोगी बन्छ ।

सरकारी र निजीको फरक

देशमा दुईथरीका जनशक्ति उत्पादन भइरहेका छन् भन्ने गलत हो । सरकारले नै लागू गरेको पाठ्यक्रम सामुदायिक र निजीले पढाउने हो । त्योभन्दा बाहिर गएर निजीले पढाएको छैन ।

एउटै कोर्स पढाएपछि कसरी फरक हुन्छ रु तर, सामुदायिक विद्यालयले समय सापेक्ष पढाउन नसक्दा परिणाम फरक आएको हुन सक्छ ।

राज्यले १० देखि २० प्रतिशतसम्म बजेट सामुदायिक विद्यालयमा लगानी गरेको छ । तर, गुणस्तर किन खस्किएको छ भन्नेबारे चासो दिइँदैन । निजीले २१औँ शताब्दीको प्रयोगात्मक शिक्षालाई जोड दिएको छ तर सामुदायिकले आफूलाई ‘अपग्रेड’ गर्न सकेन ।

सीपमूलक शिक्षा निजी विद्यालयले बुझेको छ । विश्व बजारसमा बिक्ने विद्यार्थी अहिलेको आवश्यकता हो । त्यसैको आधारमा निजीले अपग्रेड गर्दै लगेको छ । विकासोन्मुख र विकसित देशका बालबालिकाको शिक्षा बराबर हुनुपर्छ ।

समग्र शिक्षालाई समेट्ने भनेको सामुदायिक विद्यालयले हो । निजी त ‘च्वाइस’मा पढ्ने हो । सामुदायिक विद्यालयका लागि सहयोग पनि आउँछ तर सबै बालुवामा पानी हाले सरह भएको छ ।

त्यसैले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नुपर्छ । निजीले दिएको सेवामा जनताले विश्वास गरेका छन् ।

देशमा संघीय गणतन्त्र त आयो तर सोचमा परिवर्तन आएको छैन । २१औँ शताब्दीको शिक्षा कस्तो हुनुपर्छ रु यसको विधि, प्रविधि के हो भन्ने नेतृत्व तहकाले बुझ्न सकेनन् ।

सामुदायिकको भौतिक संरचना राम्रो छ तर समय समापेक्ष हुन सकेन । केही विद्यालय राम्रा पनि छन् । विद्यालयमा भ्रष्टाचार र अनियमितता छ ।

सरकारी विद्यालयका ९० प्रतिशत शिक्षक विद्यार्थीको भविष्यभन्दा पनि नेता र पार्टीका लागि काम गर्छन् अनि कसरी गुणस्तरीय हुन्छ रु नेता र पार्टीको झोला बोक्न नछाडेसम्म सामुदायिकको शिक्षा राम्रो हुन सक्दैन । शिक्षामा राजनीतिको अन्त्य हुनुपर्छ ।

भाषाभन्दा सिकाइ ठूलो

शिक्षामा भाषाभन्दा सिकाइ महत्त्वपूर्ण हुन्छ । विद्यार्थीले अंग्रेजी भाषामा भन्दा पनि मातृभाषामा पढाउँदा धेरै सिक्न सक्छन् । तर, देशमा अवसर नभएपछि विदेश धेरैको रोजाइमा पर्‍यो । अंग्रेजी अन्तर्राष्ट्रिय भाषा र विश्वसँग जोड्ने भएकाले सुरुदेखि नै अंग्रेजीको माध्यमबाट पढाइयो ।

यसैका कारण नेपाली विद्यार्थीले विश्वका टप विश्वविद्यालयमा गएर पढ्ने अवसर पाएका छन् । तर, विश्वका टप विश्वविद्यालयमा पढेका नेपालीलाई नेपाल ल्याउन नसक्नु राज्यको कमजोरी हो अनि भाषालाई दोष दिन मिल्छ रु
विदेश पठाउनका लागि निजीले अंग्रेजीमा पढाएको होइन । त्यसो हो भने रोजगारीका लागि लाखौँ युवा विदेश गएका छन् । देशमा सीपमूलक शिक्षा नहुँदा को कारण हो ।

शिक्षा नीति

हालै राष्ट्रिय शिक्षा नीति आएको छ । यसमा केही नयाँ र धेरै पुरानै कुरा रहेका छन् । देश विकासको आधार शिक्षा हो तर देश विकासका लागि जुन किसिमको नीति चाहिने हो, त्यो छैन ।

शिक्षाका विषय विज्ञले बनाउनुपर्ने हो यसको नीति तर विज्ञसँग छलफल नै नगरी नीति बनाइएको छ । केही राम्रा कुरा पनि छन् । कति कार्यान्वयन हुन्छ, हेर्न बाँकी छ ।

संविधानले विद्यालयलाई हेर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । जनप्रतिनिधि राजनीति गरेको आधारमा चुनिएका छन् । सबै जनप्रतिनिधिले शिक्षाबारे बुझेका छन् रु

शिक्षा जस्तो संवेदनशील विषयमा खेलाँची गरिनुहुन्न । शिक्षालाई समय सापेक्ष बनाउनुपर्छ । ‘स्टेट अफ द आर्ट’ र ‘प्याराडाइम सिफ्ट’मा शिक्षाको विकास गरिनुपर्छ ।

नयाँ शैली, शिल्प, प्रविधि, विधि, नयाँ सोच, नयाँ अवधारणा शिक्षाको अहिलेको आवश्यकता हो

बुधबार, १६ पुष, २०७६, दिउँसोको ०४:५८ बजे

सम्बन्धित खवर