जसपा निकट पेन्टर्स एसोसिएसन दमकको अध्यक्षमा तामाङ

बैकल्पिक खवर

दमक / जनता समाजवादी पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गत सोमबार पेन्टर्स एसोसिएसनको दमक नगर समिति गठन भएको छ ।

राजेन्द्र तामाङको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश: राजेन्द्र श्रेष्ठ, भूवन श्रेष्ठ, बिर्खबहादुर थापा र गणेश धिमाल छन् । त्यस्तै सदस्यहरुमा क्रमश: समिर राई, छिरिङ शेर्पा, अमृत तामाङ, विशाल अधिकारी, पूर्ण लिम्बू र जगत रोक्का चयन भएका ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अनिल लामाले जानकारी दिएका छन् ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिदेवी राई लावतीले नवगठित समितिलाई शुभकामना व्यक्त गरेकी थिइन् । जसपा दमक नगर अध्यक्ष खेम दाहालले सहजीकरण गरेको कार्यक्रममा पार्टीका सङ्घीय परिषद् सदस्य ओममाया आङ्देम्बे, प्रदेश सदस्यहरु कमन देवान, धिरेन सुब्बा लावती, पदमकुमारी लिम्बू , सुशिल राई, लगायतको सहभागिता थियो ।

सोमबार, १९ माघ, २०७७, रातीको ०८:५४ बजे

सम्बन्धित खवर