प्रकाण्डका छोरा बिराटनगरबाट गोलीसहित पक्राउ

काठमाडौं/  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा बिराटनगरबाट गोलीसहित पक्राउ परेका छन्। विहीबार बेलुकी काठमाडौं आउने क्रममा प्रकाण्डका छोरा २७ वर्षिय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा उनको साथमा गोली भेटिएपछि पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। विश्वकर्माको साथबाट नाइन.एम.एम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको प्रहरीको भनाइ छ।

शुक्रबार, १८ माघ, २०७५, दिउँसोको १२:२९ बजे

सम्बन्धित खवर