नोबेल अस्पताल परिसरमा बगैंचा र पार्किङ बन्ने

बिराटनगर /  नोबेल शिक्षण अस्पताल परिषरमा ठूलो लगानीमा अन्तर्रा्ष्ट्रिय स्तरको बगैंचा र पार्किङ बनाईने भएको छ ।

अस्पताललाई व्यवस्थित, स्वच्छ एवं मनमोहक वातावरण बनाउँन नोबेलले ३२ करोडको लागतमा बगैंचा र पार्किङ बनाउँन लागेको हो।

बगैंचा र पार्किङको काम आगामी २०७७ साउन सम्ममा पूरा हुने अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ।
‘निर्माण कम्पनीसँग सम्झौता भईसकेको छ,’ डा.शर्माले भने, ‘अवको १५ महिना भित्र अन्तर्रा्ष्ट्रिय स्तरको बगैंचा बनिसक्छ ।’ यसका लागि नमुना कन्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ।

यो गार्डेनको डिजाइन बरिष्ठ आर्किटेक्ट सुभाष अधिकारीको नेतृत्वमा टेक्नोक्य्राट कन्सल्टेन्ट र ड्रिम डेभलपर्सले गरेका हुन्।

आगामी साताबाटै काम सुरु गरिने निर्माण कम्पनीले जनाएको छ।

अस्पतालका अनुसार अस्पताल भवन अगाडिको करिव ५ बिगाहा क्षेत्रफलमा बन्ने बगैंचा मनमोहक हुनेछ । बगैंचामा बच्चाहरुका लागि बाल उद्यान, बिरामी र कुरुवाका लागि क्यान्टिन, मन्दिर, पानीको फोहोरा, बोटबिरुवा र बस्नका लागि आरामदायी कुर्सीहरु राखिनेछ ।

त्यस्तै सामाग्री खरिदका लागि सुपरमार्केट, कपालरदारी काट्नका लागि सैलुन, फार्मेसी, प्याराफिटसहितको स्टेज लगायत रहनेछ । त्यस्तै व्यवस्थित पार्किङ पनि बनाईने इन्जिनियर ढकेन्द्र बमले बताए ।

व्यवस्थित रुपमा बन्ने बगैंचाको मनमोहक वातावरणका कारण बिरामी र कुरुवाको अस्पताल बसाई मनोरम हुने विश्वास गरिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

बुधबार, १८ बैशाख, २०७६, बिहानको १०:२४ बजे

सम्बन्धित खवर