नेपालगञ्जका दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

दमक / बाँकेको नेपालगञ्जमा दुई जनामा कोरोना पुष्टि भएको छ । स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो।उनीहरूमध्ये एकजनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । अर्का एक जनामा नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना देखिएकाहरूमध्ये दुवैजना पुरुष रहेका छन् ।उनीहरु दुईमध्ये नेपालगञ्‍जका विदेशबाट आएको खुलेको छ । अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन् । तर उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो । अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । यसअघि नेपालमा १६ जना संक्रमित उपचारपछि घर फर्किएका छन्

शुक्रबार, १९ बैशाख, २०७७, साँझको ०७:३१ बजे

सम्बन्धित खवर